चीनले धानेको रुस विश्वकप | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

चीनले धानेको रुस विश्वकप

wold cup]

एजेन्सी, २७ असार । विश्व फुटबल महासंघ (फिफा) मा चरम भ्रष्टाचार र अनियमितता मौलाएपछि विश्वकप फुटबलको आयोजना र लगानीका विषयमा समेत ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू झस्किने वातावरण सिर्जना भयो । दुई वर्षअघि फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरसहित जम्बो टोलीलाई भ्रष्टाचारको अभियोगमा निलम्बन गरिएपछि विशेषगरी पश्चिमा मुलुकका बहुराष्ट्रिय कम्पनीहरूले विश्वकप फुटबलको प्रायोजन हात झिकेका थिए ।

त्यसपछि फिफालाई विश्वकपमा प्रायोजक फेला पार्न मुस्किल पर्‍यो । लगानीबाट झस्किएका पश्चिमा देशहरूलाई फकाउने फिफाको प्रयासले पनि सफलता पाएन । यही क्रममा फिफाको ध्यान एसियाली देश चीनले आकर्षित गरेको छ । विश्व मानचित्रमा जनसंख्या र आर्थिक समृद्धिको हिसाबले उत्कृष्ट छलाङ मारिरहेको चीनले फिफाको पछिल्लो मर्मलाई राहत पुर्‍यायो ।

विश्वकपमा सहभागी नजनाए पनि चिनियाँ कम्पनीहरूले विश्वकपमा अर्बाैं अमेरिकी डलर प्रयोजन गरेका छन् । जारी विश्वकपमा सहभागी नभए पनि चीनले विश्व फुटबललाई ऐतिहासिक सहयोग गरिरहेको फिफाका सञ्चार प्रमुख फिलिप ले फ्लोच बताउँछन् । ‘फिफामा के भएको थियो भन्ने सबैलाई थाहा छ । भ्रष्टाचारका कारण दूषित बनेको विश्व फुटबललाई चिनियाँ लगानीले ठूलो टेवा दिएको छ । पश्चिमा राष्ट्रका कम्पनीहरूले फुटबलबाट हात झिकेका थिए । त्यसपछि फिफा आर्थिक हिसाबले कठिन मोडमा थियो । यस्तो अवस्थामा चिनियाँ बहुर्राष्ट्रिय कम्पनीहरूले फुटबललाई गतिलो साथ दिएका छन्,’ फिलिप भन्छन् ।

पछिल्लो समय आर्थिक र औद्योगिक रूपमा अगाडि रहेको चीनले नै फुटबल विकासको नेतृत्व लिन सक्ने फिलिप बताउँछन् । चीनले सन् २०१० को संस्करणदेखि विश्वकपमा प्रयोजन सहयोग सुरुआत गरेको थियो । त्यतिबेला सोलार प्यानल ‘यिन्जी ग्रिन इनर्जी’ र ‘वान्डा रियल स्टेट’ ले विश्वकपका लागि प्रयोजन सुरु गरेका थिए । रुस विश्वकपमा पनि चीनको वान्डा स्पोर्ट्स ग्रुपले करोडौं अमेरिकी डलर प्रयोजन गरिरहेको छ ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);