विश्वकप फुटबल : सेमिफाइनलका खेल मंगलबारदेखि | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विश्वकप फुटबल : सेमिफाइनलका खेल मंगलबारदेखि

world cup semifinal

काठमाडौं, २४ असार । रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनल समिकरण पुरा भएको छ । गएराति क्वाटरफाइनलका दुई खेल सकिएसँगै सेमिफाइनल खेल्ने चार टोलीको टुंगो लागेको हो ।

उत्कृष्ट भनिएका टोली घर फर्किका छन् भने अहिलेसम्म विश्वकपको उपाधि नउचालेका दुई टोली उपाधि दैडमा छन् । सेमिफाइनलमा पुग्ने ४ मध्ये बेल्जियम र क्रोएसियाले अहिलेसम्म विश्वकप फुटबलको उपाधी जितेका छैनन । अर्का दुई टोली इंग्ल्यान्ड र फ्रान्सले भने विश्वकपको उपाधी जितिसकेका छन् ।

सेमिफाइन खेल्ने चार टोली मध्ये फ्रान्स क्वाटरफाइनलमा उरुग्वेलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । फ्रान्सले सन् १९३० मा पहिलो पटक विश्वकप फुटबलमा सहभागिता जनाएको थियो । ५ पटक विश्वकपको सेमिफाइनल, २ पटक फाइनल खेलेको र सन् १९९८ मा उपाधी चुमेको यो टोली छैटौं पटक सेमिफाइनल खेल्दैछ ।

त्यस्तै अहिलेसम्म विश्वकपको उपाधि नजितेको बेल्जियम पाँचौ पटकको विश्वविजेता ब्राजिललाई क्वाटरफाइनलमा २–१ पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब बेल्जियमलाई फाइनल पुग्न फ्रान्सको चुनौति पन्छाउनुपर्नेे छ । बेल्जियमले सन् १९३० मा पहिलोपटक विश्वकप खेलेको थियो ।

pogba-kevin

सन् १९५६ को विश्वविजेता इंग्ल्याण्ड पनि क्वाटरफाइनलमा स्वीडेनलाई २–० गोलअन्तरले पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९५० मा पहिलो पटक विश्वकपमा सहभागी भएइको इंग्ल्याण्ड तेस्रो पटक सेमिफाइनल खेल्दै छ ।

त्यस्तै सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेको क्रोएसियाले हालसम्म उपाधि जितेको छैन । तर, क्वाटरफाइनलमा आयोजक रसियालाई टाइबेकरमा पराजित गर्दै सेमिफाइनलमा पुगेको क्रोएसियाले आफूलाई उपाधि दाबेदारको रुपमा प्रस्तुत गरेको छ । क्रोएसियाले यसअघि पनि एक पटक सेमिफाइनल खेलीसकेको छ ।

croatia-england

सेमिफाइनलका खेल भने मंगलबारबाट सुरु हुँदै छ । मंगलबार सेन्ट पिटसबर्गमा हुने पहिलो सेमिफाइनल खेलमा बेल्जियमले फ्रान्ससँग प्रतिष्पर्धा गर्नेछ । त्यस्तै बुधबार हुने खेलमा क्रोएसिया र इंग्ल्यान्डबीच प्रतिष्पर्धा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);