विश्वकप फुटबलको सेमिफाइनल समिकरण पूरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विश्वकप फुटबलको सेमिफाइनल समिकरण पूरा

world cup

काठमाडौं, २४ असार । विश्वकप फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ । गएराति भएका खेलमा क्रोएसिया र इङ्ल्याण्ड विजयी भएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो ।

क्रोएसियाले आयोजक रुसलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । पेनाल्टीमा रसियाका लागि जागोभ, इग्नासेभिच र कुजिएभले गोल गरे । तर स्मोलोभको प्रहारलाई क्रोएसियाका गोलकिपर सुवासिकले बिफल पारे भने फर्नान्डेजका प्रहार बाहिरियो । क्रोएसियाका लागि ब्रोजोभिक, लुका मोड्रिक, भिडा र इभान राकिटिकले गोल गरे । क्रोभाकिको प्रहार भने रसियाका गोलकिपरले बचाए ।

क्रोएसियाले अन्तिम ८ मा स्थान पक्का गर्ने क्रममा पनि डेनमार्कलाई पेनाल्टी सुटआउटमै पराजित गरेको थियो । पेनाल्टी सुटआउट हुनुपहिले दुवै टीमले २–२ गोलको बराबरी खेलेका थिए । रसियाले खेलको ३१ औं मिनेटमा चेरिसेभको गोलमा अग्रता लिएकामा ८ मिनेटपछि क्रामरिकले बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटमा एक एक गोलको बराबरी भएपछि ३० मिनेट थप गरियो ।

थप समयको ११ औं मिनेटमा डोमागोज भिडाले हेडमार्फत गोल गरेर क्रोएसियालाई २–१ को अग्रता दिलाए । तर खेल सकिन पाँच मिनेट बाँकी छँदा फ्रिकिक बलमा फर्नान्डेजले हेडमार्फत बराबरी गोल फर्काएका थिए । गएराति नै भएको अर्को खेलमा स्वीडेनलाई २–० गोलअन्तरले पराजित गरी इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । इङ्ल्यान्ड २८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।

इङ्ल्यान्ड पछिल्लोपटक सन् १९९० को विश्वकपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । इङ्ल्यान्डको जितमा ह्यारी माग्युर र डेल अलीले एक एक गोल गरे । माग्युरले खेलको ३० औं मिनेटमा गोल गरेकामा अलीले ५९ औं मिनेटमा अग्रता दोब्बर पारेका थिए । खेलमा मार्कोस बर्गले गोलका लागि गरेका तीनवटा उत्कृष्ट प्रहारलाई इङ्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले बचाएका कारण स्वीडेनको सेमिफाइनल सपना अधुरो रहयो । इङ्ल्याण्डले सेमिफाइनलमा आगामी बुधबार क्रोएसियाको सामना गर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);