अर्जेन्टिना नकआउट चरणमा प्रवेश : यसरी मार्‍यो बाजी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अर्जेन्टिना नकआउट चरणमा प्रवेश : यसरी मार्‍यो बाजी

argentina

काठमाडौं, १३ असार । फिफा विश्वकप फुटबल अन्र्तगत समूह डीबाट अर्जेन्टिना उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

सेन्ट पिटर्सबर्गमा भएको खेलमा अर्जेन्टिना नाइजेरियालाई २–१ गोल अन्तरले पराजित गर्दै ४ अंक सहित समुहको उपविजेता बनेको हो । क्रोएसिया भने शतप्रतिशत नतिजाकासाथ समूह विजेता बनेको छ । खेल सुरु भएको १४ औं मिनेटमा मेस्सीले सुरुवाति अग्रता दिलाएका थिए । मिडफिल्डबाट आएको पासलाई उनले गोलमा परिणत गरेका थिए ।

मेस्सीले जारी विश्वकपमा पहिलो गोल गरेका हुन भने प्रतियोगिताको एक सयौं गोल पनि मेस्सीकै नाममा रहेको छ । पहिलो हाफमा दबाबमा रहेको नाइजेरियाले दोस्रो हाफमा भने उत्कृष्ट पुनरागमन गरेको थियो । खेलको ४९ औं मिनेटमा जाभियर मास्केरानोले डिबक्स भित्र फल गरेपछि नाइजेरियाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा भिक्टर मोसेसले बराबरी गोल गरेका थिए । त्यसपछि नाइजेरियाले पकड कायम गरेको थियो ।

नाइजेरियालाई बराबरीले नै अन्तिम १६ मा पुग्ने समीकरण भए पनि अर्जेन्टिनाले ८६ औं मिनेटमा गोल गरेको थियो । मार्कोस रोहोले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको उद्दार गरेका हुन् । अन्तिम समय सकिनुभन्दा केही सेकेण्डअघि नाइजेरियाले गरेको प्रहार अजेन्टिनाका गोलकिपर फ्रान्को अरामनीले बचाएका थिए । जित्नै पर्ने दबाबमा रहेकाले अर्जेन्टिनाले ५ खेलाडी परिवर्तन गरेको थियो ।

जसमा गोलकिपर अरामानीले डेव्यु गरे भने गोन्जालो हिग्युन, मिडफिल्डर डी मारिया र इभेर बनेगा र डिफेन्डर मार्कोस रोहोले टिममा स्थान बनाएका थिए । यस्तै समुह डि कै अर्को खेलमा क्रोएसियाले आइसल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको ५३ औ मिनेटमा क्रोएसियाका मिलन बादलेजको प्रहार गोलमा परिणत भएको थियो । ७६ औं मिनेटमा सिगरशनले बराबरी गोल गरेका थिए ।

तर ९० औं मिनेटमा क्रोएसियाका लागि इभान पर्सीले निर्णायक गोल गर्दै समूह चरणमा अपराजित यात्रा कायम राख्न सफल बनाए । समूह डीबाट विजेता बनेको क्रोएसियाले प्री क्वार्टर फाइनलमा समूह सीको उपविजेता डेनमार्कसँग भिड्दा समूह डी को उपविजेता बनेको अर्जे्न्टिना समूह सीको विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्ने छ । यस्तै समूह सी बाट फ्रान्स समूह विजेता र डेनमार्क उपविजेता हुँदै अन्तिम १६ मा पुगेका छन् । मंगलबार राति भएको खेलमा फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेल्दै अंक बाँडेपछि दुबै टिम अघिल्लो चरणमा पुगे ।

समूह विजेता फ्रान्सले दुई खेलमा जित र एउटामा बराबरी गर्दै ७ अंक जोड्यो भने डेनमार्कले एक खेलमा जित र दुई खेलमा बराबरी खेल्दै ५ अंक जोड्यो । चालु विश्वकपमा गोलरहित बराबरीमा सकिएको फ्रान्स र डेनमार्कबीचको खेल नै पहिलो हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);