विश्वकप फुटबल : सर्बियामाथि स्वीजरल्याण्डको २–१ को जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विश्वकप फुटबल : सर्बियामाथि स्वीजरल्याण्डको २–१ को जित

switzerland

एजेन्सी , ९ असार । विश्वकप फुटबलमा समूह ई अन्तर्गतको खेलमा स्वीजरल्याण्डले सर्बियामाथि २–१ गोलअन्तरको जित दर्ता गरेको छ । गएराति भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै स्वीजरल्याण्डले सर्बियालाई पराजित गरी अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको हो ।

दुई खेलपछि स्वीजरल्याण्ड ४ अंकसहित दोस्रो स्थानमा छ । समान अंक भएपनि गोल अन्तरका आधारमा ब्राजिल पहिलो स्थानमा छ । स्वीजरल्याण्डलाई दोस्रो चरणमा पुग्न कोस्टारिकासँगको खेल बराबरी गरे पुग्छ । स्वीजरल्याण्डसँग पराजित भएको सर्बियाले अन्तिम १६ मा पुग्नका लागि ब्राजिललाई पराजित गर्नुपर्छ ।

सर्बियाले गएराति खेलको पाँचौं मिनेटमा मिट्रोभिकको गोलमा अग्रता लिएपनि दोस्रो हाफमा सम्हालिएर प्रदर्शन गर्न नसक्दा हार व्यहोर्नुपर्‍यो । स्वीजरल्याण्डका लागि खेलको ५२ औं मिनेटमा साकाले बराबरी गोल फर्काएकामा साकिरीले खेलको अन्तिम मिनेटमा निर्णायक गोल गरे ।

समूह डीअन्तर्गतको खेल पनि रोमाञ्चक बनेको छ । अर्जेन्टिनालाई बराबरीमा रोकेको आइसल्याण्डलाई नाइजेरियाले २–० गोलअन्तरले पराजित गरेसँगै समूह डीको खेल रोमाञ्चक बनेको हो ।नाइजेरियाको जितमा दुवै गोल अहमद मुसाले गरे । मुसाले दुवै गोल दोस्रो हाफमा गरेका हुन् । उनले खेलको ४९ औं र ७५ औं मिनेटमा गोल गरे ।

आइसल्याण्डले खेलको अन्त्यतिर पेनाल्टी पाएपनि गेल्फी सिगुडसनले गोल गर्न सकेनन् । आइसल्याण्डलाई नाइजेरियाले पराजित गरेसँगै दोस्रो चरणमा पुग्ने अर्जेन्टिनाको आशा जिवितै बनेको छ । दोस्रो चरणमा पुग्नका लागि अर्जेन्टिनाले नाइजेरियालाई पराजित गर्नुपर्ने छ । यो समूहबाट दुई खेल जित्दै क्रोएसियाले दोस्रो चरणको टिकट काटिसकेको छ ।

ahmed musa

विश्वकपअन्तर्गत आज बेल्जियम र ट्युनिसियाबीच अपरान्ह ५ः४५, दक्षिण कोरिया र मेक्सिकोबीच राति ८ः४५ तथा जर्मनी र स्वीडेनबीच राति ११ः४५ बजे खेल हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);