दोस्रो चरणमा प्रवेश गर्ने जर्मनीको सम्भावना जीवितै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

काठमाडौं, १० असार । डिफेन्डिङ च्याम्पियन जर्मनीले अन्तिम १६ मा छनोट हुने आशा जीवितै राखेको छ ।

पहिलो खेलमा मेक्सिकोसँग पराजय व्यहोरेको जर्मनीले दोस्रो खेलमा स्वीडेनविरुद्ध २–१ गोल अन्तरको जित दर्ता गरी अन्तिम १६ मा छनोट हुने आशा जीवितै राखेको हो । अन्तिम १६ मा छनोट हुने आशा जीवित राख्ने क्रममा जर्मनीले इन्जुरी समयको अन्तिम मिनेटमा विजयी गोल गर्यो । टोनी क्रुसको गोलमा जर्मनी विजयी भएको हो । जेराम बोटेङ्ग दोहोरो पहेंलो कार्ड खाँदै ८२ औं मिनेटमा मैदानबाट बाहिरिएको अवस्थामा क्रुसले विजयी गोल गरेका हुन् ।

गएराति भएको खेलमा अग्रता भने स्वीडेनले लिएको थियो । स्वीडेनका लागि ओला टोइभोनेनले खेलको पाँचौं मिनेटमा नै गोल गरेका थिए । जर्मनीले बराबरी गोल फर्काउन ४८ मिनेटसम्म पर्खनुपर्यो। रियुजले बराबरी गोल फर्काएका थिए ।  समूह एफ अन्र्तगत गएराति भएको अर्को खेलमा दक्षिण कोरियालाई २–१ गोल अन्तरले पराजित गर्दै मेक्सिको अन्तिम १६ मा प्रवेश गरेको छ । मेक्सिको सन् १९९४ पछि दोस्रो चरणमा प्रवेश गरेको हो । २६ औं मिनेटमा पेनाल्टीको सहारामा अग्रता लिएको मक्सिकोले ६६ औं मिनेटमा अग्रता दोब्बर पार्यो । दक्षिण कोरियाले इन्जुरी समयको तेस्रो मिनेटमा सान्त्वना गोल फर्कायो ।

उसका लागि सङ्ग हेन मिनले गोल फर्काए । मेक्सिकोसँग पराजय व्यहोरेसँगै दक्षिण कोरियाको दोस्रो चरणमा प्रवेशको सम्भावना कठिन भएको छ । दोस्रो चरणमा प्रवेशका लागि दक्षिण कोरियाले जर्मनीलाई पराजित गर्नुपर्ने छ भने मेक्सिकोले स्वीडेनलाई पराजित गर्नुपर्छ । विश्वकप अन्तर्गत आज ५ः४५ बजे इङ्ल्याण्ड र पानामा, ८ः४५ बजे जापान र सेनेगल तथा ११ः४५ बजे पोल्याण्ड र कोलम्बियाबीच खेल हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);