जर्मनीसँग आइसल्याण्ड ३–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

जर्मनीसँग आइसल्याण्ड ३–० गोल अन्तरले पराजित

फिफा विश्वकप फुटबल छनोट अन्तर्गत युरोपियन छनौटमा जर्मनीले विजयी सुरुवात गरेको छ ।

बिहीबार राति भएको पहिलो खेलमा जर्मनीले आइसल्याण्डलाई ३–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा जर्मनीलाई जित दिलाउन लियोन गोर्टेज्का, काइ हाभर्ट्ज र इल्के गुन्डोगानले एक÷एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा लियोनको गोलबाट जर्मनीले अग्रता बनाएको थियो । त्यस्तै सातौं मिनेटमा हाभर्ट्जले गोल गर्दै टिमको अग्रता २–० को बनाए । त्यसपछि खेलको ५६ औं मिनेटमा गुन्डोगानले गोल गर्दै जर्मनीलाई ३–० को जित दिलाए ।

जितसँगै समूह ’जे’ को जर्मनीले पहिलो खेलमै ३ अंक जोडेको छ ।

यसै समूहको अर्को खेलमा रोमानियाले नर्थ मासेडोनियालाई ३–२ गोल अन्तरले पराजित गरेको छ भने अर्मेनियासँग लिचेस्टिन १–० गोल अन्तरले पराजित भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);