बंगलादेशविरुद्धको एकदिवसीय क्रिकेट श्रृखलामा न्युजिल्याण्डको क्लिन स्विप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

बंगलादेशविरुद्धको एकदिवसीय क्रिकेट श्रृखलामा न्युजिल्याण्डको क्लिन स्विप

एजेन्सी, १३ चैत । बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट श्रृखला घरेलु टोली न्युजिल्याण्डले क्लिन स्विप गरेको छ । न्युजिल्याण्डको विलिङटनमा शुक्रवार तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा बंगलादेशलाई १ सय ६४ रनको फराकीलो अन्तरले पराजित गर्दै न्युजिल्याण्डले श्रृखला ३–० ले क्लिन स्विप गरेको हो ।

न्युजिल्याण्डले दिएको ३ सय १९ रनको लक्ष्य पछ्याएको बंगलादेश ४२ दशमलव ४ ओभरमा १ सय ५४ रनमा समेटियो । बंगलादेशका ममुदुल्लाहले ७६ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै मुस्फिकर रहिम र लिटोन दासले २१–२१ रन बनाए । बंगलादेशलाई सस्तैमा समेट्न न्युजिल्याण्डका जेम्स निशमले ५ र म्याट हेनरीले ४ विकेट लिए ।

यो खेलमा पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १८ रन बनाएको थियो । न्युजिल्याण्डका लागि डेभोन कोनवेले १ सय २६ र डार्रेल मिचेलले अविजित रहदै १ सय रन बनाए ।बंगलादेशका रुबेल होसेनले ३ विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);