अस्ट्रेलीया विरुद्धको ५ मध्ये पहिलो टी–ट्वान्टी क्रिकेटमा न्युजिल्याण्ड विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

अस्ट्रेलीया विरुद्धको ५ मध्ये पहिलो टी–ट्वान्टी क्रिकेटमा न्युजिल्याण्ड विजयी

एजेन्सी, १० फागुन । अस्ट्रेलीया विरुद्ध ५ मध्ये पहिलो टी–ट्वान्टी क्रिकेटमा न्युजिल्याण्डले जित हात पारेको छ । न्युजिल्याण्डको क्राइस्टचर्चमा सोमबार भएको खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई ५३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

न्युजिल्याण्डले दिएको १ सय ८५ रनको लक्ष्य पच्छ्याएको अष्ट्रेलिया १७ दशमलव ३ ओभरमा १ सय ३१ रनमा समेटिएपछि ५३ रनले पराजित भएको हो । अष्ट्रेलियाका लागि मिचेल मार्शले सर्वाधिक ४५, एस्टन अगरले २३ र एडम जाम्पाले अविजित १३ रन बनाए ।

न्युजिल्याण्डका इश सोधीले ४ तथा टिम साउथी र ट्रेण्ट बोल्टले २–२ विकेट लिए । यो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो। न्युजिल्याण्डका लागि डेभोन कोनवेले अविजित ९९ रन बनाए ।

यस्तै ग्लेन फिलिप्सले ३०र जेम्स निशमले २६ रन बनाए । अष्ट्रेलियाका डेनील साम र जे रिचार्डसनले २–२ विकेट लिए । दोस्रो खेल बिहीबार हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);