सिटीसँग आर्सन १–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सिटीसँग आर्सन १–० गोल अन्तरले पराजित

एजेन्सी, १० फागुन । इंग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा सिटीले आर्सनलमाथि १–० गोल अन्तरले जित निकालेको हो ।

आर्सनलको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे । इमिरेट्स स्टेडियममा खेलको दोस्रो मिनेटमै स्ट्रर्लिङले निर्णायक गोल गरेका थिए । जितसँगै सिटीले आर्सनलमाथि लगातार ११ खेलमा जित निकालेको छ ।

सिटीले सन् २०१७ मा आफैले बनाएको लगातार ११ अवे जितको कीर्तिमानमा बराबरी समेत गरेको छ । जितसँगै सिटी २५ खेलमा ५९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । आर्सनल भने २५ खेलमा ३४ अंक जाड्दै लिगको दशौँ स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);