न्युजिल्याण्डविरुद्धको तेस्रो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलिया विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

न्युजिल्याण्डविरुद्धको तेस्रो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलिया विजयी

एजेन्सी, १९ फागुन । न्युजिल्याण्डविरुद्धको तेस्रो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । न्युजिल्याण्डको विलिङटनमा बुधबार भएको तेस्रो टी–ट्वान्टीमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ६४ रनले हराएको हो ।

अष्ट्रेलियाले दिएको २ सय ९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्याण्ड १७ ओभर १ बलमा अलआउट हुँदै १ सय ४४ रन बनायो । न्युजिल्याण्डका मार्टिन गुप्टिलले ४३ डेभोन कोनवेले ३८ रन जोड्दा मार्क चापमनले १८ रन बनाए । न्युजिल्याण्डलाई सस्तैमा समेट्न अष्ट्रेलियाका एस्टन अगर एक्लैले ६ विकेट लिए ।

यो खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्स्वेलले ७० कप्तान आरोन फिन्चले ६९ र जोस फिलिपले ४३ रन बनाए ।

न्युजिल्याण्डका इश सोधीले २ विकेट लिए । पाँच खेलको यो श्रृंखलामा घरेलु टोली न्युजिल्याण्ड २–१ ले अघि रहेको छ । अघिल्ला दुई खेल न्युजिल्याण्डले जितेको थियो । चौथो खेल शुक्रबार हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);