इटालिएन सिरी ए फुटबलमा युभेन्टसको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

इटालिएन सिरी ए फुटबलमा युभेन्टसको जित


एजेन्सी, १९ फागुन । इटालिएन सिरी ए फुटबलमा युभेन्टसले जित निकालेको छ । मंगलबार राती भएको खेलमा युभेन्टसले स्पेजियालाई ३–० गोलले पराजित गरेको हो । युभेन्टसको जितमा मोराटा, चिजा र रोनाल्डोले एक–एक गोल गरे । एक गोल मात्र गरेका रोनाल्डोले नयाँ किर्तिमानसमेत राखे ।

उनले पछिल्ला १२ सिजन लगातार २० गोल गर्दै आएका छन् । ६०० सय लिग खेलमा सहभागि भएका रोनाल्डो युरोपका पाँच वटा लिगमा २० गोलभन्दा बढी गर्न सफल भएका हुन् । उनले प्रिमियर लिग, ला लिगा, सिरी ए, च्याम्पियन्स लिग लगायतका खेलमा गोल गर्न सफल भएका हुन् ।

जितसँगै युभेन्टस २४ खेलबाट ४९ अंकसहित लिगको तेस्रो स्थानमा छ । समान खेलबाट ५२ अंक भएको एसी मिलान दोस्रो र ५६ अंक जोडेको इन्टर मिलान तेस्रो स्थानमा छ । स्पेजिया भने १६ औँ स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);