श्रीलंका विरुद्ध टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा अष्ट्रेलियाको फराकिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

श्रीलंका विरुद्ध टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा अष्ट्रेलियाको फराकिलो जित

Aus-vs-SL

एजेन्सी, १० कात्तिक ।  श्रीलंका विरुद्ध पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा अष्ट्रेलियाले फराकिलो जित निकालेको छ । एडिलेटमा आइतबार भएको खेलमा डेभिड वार्नरको शतकसंगै अष्ट्रेलियाले श्रीलंकालाई १ सय ३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

यो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा २ विकेट गुमाएर २ सय ३३ रनको विशाल योगफल खडा ग¥यो । अष्ट्रेलियाको लागि डेभिड वार्नरले ५६ बलमा १० चौका र ४ छक्कासंगै १सय रन बनाए । यस्तै कप्तान आरोन फिन्चले ६४ तथा ग्लेन म्याक्सवेलले ६२ रन बनाए । जवाफमा २ सय ३४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर ९९ रन मात्र बनायो । श्रीलंकाका लागि डासुन शनकाले १७, कुशल परेराले १६, ओशाडा फर्नान्डोले १३ तथा दनुस्का गुनाथिलकाले ११ रन जोडे । श्रीलंकालाई सस्तैमा रोक्न अष्ट्रेलियाका एडम जाम्पाले ३, तथा मिचेल स्टार्क र पाट कुमिन्सले २–२ विकेट लिए । जितसँगै अष्ट्रेलियाले तीन खेलको टी–ट्वान्टी सिरिजमा १–० को अग्रता बनाएको छ । दोस्रो खेल बुधबार हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);