वेस्ट इन्डिजविरुद्धको चौंथो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियाको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

वेस्ट इन्डिजविरुद्धको चौंथो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियाको जित

एजेन्सी । अष्ट्रेलियाले चौंथो टी–ट्वान्टी क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजलाई पराजित गरेको छ ।

सेन्ट लुसियामा आज बिहान सम्पन्न खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ४ रनले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको १ सय ९० रनको लक्ष्य वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लेन्डल सिमोन्सले ७२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । इभिन लेविसले ३१ रन जोड्दा कप्तान निकोलस पुरनले १६ रन बनाए । यस्तै फाबियन एलनले २९ र आन्द्रे रसेलले अविजित २४ रन बनाए । बलिङमा अष्ट्रेलियाका मिचेल मार्सले ३ विकेट लिए । एडम जाम्पाले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । अष्ट्रेलियाका मिचेल मार्शले ७५, कप्तान आरोन फिन्चले ५३ र डान क्रिस्टियनले अविजित २२ रन जोडे ।

वेस्ट इन्डिजका ह्येडेन वाल्सले ३ तथा ओसने थोमस आन्द्रे रसेल र फाबियन एलनले एक एक विकेट लिए । वेस्ट इन्डिज भ्रमणमा रहेको अष्ट्रेलियाले सिरिज भने यस अघि नै गुमाईसकेको छ ।

पाँच खेलको सिरिजमा वेस्ट इन्डिज ३–१ ले अघि रहेको छ । दुई टोलीबीचको अन्तिम तथा पाँचौ खेल शनिबार हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);