ट्वान्टी–ट्वान्टी सिरिजको उपाधि घरेलु टोली वेस्ट इन्डिजलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

ट्वान्टी–ट्वान्टी सिरिजको उपाधि घरेलु टोली वेस्ट इन्डिजलाई

एजेन्सी । अष्ट्रेलियाविरुद्ध ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि घरेलु टोली वेस्ट इन्डिजले जितेको छ ।

तेस्रो टी–ट्वान्टीमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै वेस्ट इन्डिजले दुई खेल अगाबै सिरिज ३–० ले जितेको हो ।

अष्ट्रेलियाले दिएको १४१ रनको लक्ष्य वेस्ट इन्डिजले १४ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

वेस्ट इन्डिजका लागि क्रिस गेलले ६७ रनको अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ४ चौका र ७ छक्का प्रहार गरे । वेस्ट इन्डिजका लागि कप्तान निकोलस पोरानले अविजित ३२ रन बनाए ।

बलिङतर्फ अष्ट्रेलियाका लागि रिले मेरेडिथले ३ विकेट लिए । त्यस्तै, मिचेल स्ट्राकले १ विकेट झारे ।

वेस्ट इन्डिज पहिलो खेलमा १८ रनले विजयी भएको थियो । दोस्रो खेल ५६ रनले जितेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);