वेष्ट इन्डिजविरुद्ध भारतको क्लिन स्विप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

वेष्ट इन्डिजविरुद्ध भारतको क्लिन स्विप

काठमाडौं। घरेलु टोली वेस्ट इन्डिजलाई तेस्रो खेलमा समेत पराजित गर्दै भ्रमण टोली भारतले तीन एकदिवसीय खेलको श्रृंखलामा क्लिन स्विप गरेको छ।

बुधबार राति भएको खेलमा वेष्ट इन्डिजलाई वर्षाका कारण खेल हुन नसकेपछि लुइस डकवर्थ पद्धतीमा ११९ रनले हराउँदै भारतले तीन एक दिवसीय खेलको शृंखला ३-० ले क्लिनस्विप गरेको हो । वर्षाका कारण खेल ३६ ओभरमा घटाइएको थियो । टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ३६ ओभरमा तीन विकेट क्षतीमा २२५ रनको योगफल तयार पार्‍याे । भारतका ओपनर सुभमन गिलले अविजित ९८ रन जोडे । यस्तै, शिखर धवनले ५८ र श्रेयसले ४४ रन जोडे ।तर, वेस्ट इन्डिजले ब्याटिङ सुरु गर्न अघि पुनः वर्षाले खेल प्रभावित भएको थियो । जसका कारण वेस्ट इन्डिजले २६ ओभरमा २५७ रनको लक्ष्य पायो ।वेस्ट इन्डिज २६ ओभरमा मात्र १३७ रनमा अलआउट भयो ।  वेस्ट इन्डिजका लागि ब्रान्डोन किंग र निकोलास पुरनले समान ४२ रन जोडे। भारतका युजबेन्दर चाहलले ४ तथा श्रदुल ठाकुर र मोहम्मद सिराजले समान दुई विकेट लिएका थिए।

अघिल्ला दुई खेलमा भारतले क्रमशः २ विकेट र ३ रनको जित हात पारेको थियो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);