श्रीलंकाविरुद्ध पहिलो खेलकै प्लेइङ सेटलाई निरन्तरता दिँदै नेपाल | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

श्रीलंकाविरुद्ध पहिलो खेलकै प्लेइङ सेटलाई निरन्तरता दिँदै नेपाल

काठमाडौं। यु २० साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज नेपालले श्रीलंकाको चुनौती सामना गर्दैछ । भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा सवा ७ बजे सुरु हुने खेलका लागि मुख्य प्रशिक्षक मेघराज केसीले प्लेइङ सेट घोषणा गरेका छन् । उनले आयुष घलानको कप्तानीमा यसअघि श्रीलंकाविरुद्ध खेलेको सुरुवाती सेटलाई नै निरन्तरता दिएका छन् ।

अघिल्लो खेलमा नेपालले माल्दिभ्सलाई ४–० अन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको थियो । आज श्रीलंकाविरुद्ध नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

नेपाली टिमः 

गोलरक्षकः इश्वर गुरुङ

अजय चौधरी, अमर श्रेष्ठ,  अभिषेक वाइवा, सन्दिप कार्की, कृतिशरत्न छुन्जु, दिपेश गुरुङ, सुमित श्रेष्ठ, आशिष राई, सुगम सुवाल, आयुष घलान ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);