माल्दिभ्सविरुद्ध खेल्ने नेपालको सुरुवाती एघार सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

माल्दिभ्सविरुद्ध खेल्ने नेपालको सुरुवाती एघार सार्वजनिक

काठमाडौ। यु-२० साफ च्याम्पियनसिपअन्तर्गत उद्घाटन खेलमा माल्दिभ्सविरुद्ध खेल्ने नेपाली टिमको सुरुवाती एघार सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले आयुष घलानको कप्तानीमा पहिलो एघार सार्वजनिक गरेका हुन् । जसमा गोलरक्षक ईश्वर गुरुङ छन् । यस्तै, डेनमार्कबाट प्रशिक्षणका लागि नेपाल आइपुगेका सुगम सुवालसमेत प्लेइङ सेटमा छन् ।

प्रतियोगितामा नेपाल पहिलो तीन अंक खोस्ने रणनीतिमा  छ । सिंगल राउण्ड रोबिनको पद्धतिमा हुने तालिकाको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टिमः

आयुष घलाना (कप्तान), ईश्वर गुरुङ (गोलरक्षक), अजय चौधरी, अमर श्रेष्ठ, कृतिश रत्न छुन्जु, दिपेश गुरुङ, सुमित श्रेष्ठ, आशिष राई, अभिषेक वाइवा, सुगम सुवाल, सन्दीप कार्की ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);