साफ खेल्ने यू-२० टिम घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

साफ खेल्ने यू-२० टिम घोषणा

काठमाडौं। साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टिम घोषणा भएको छ। मुख्य प्रशिक्षक मेघराज केसीले भारतमा आयोजना हुने साफका लागि २३ सदस्यीय टिम घोषणा गरेका हुन् । जुन टिममा नेपाली राष्ट्रिय  टिमबाट खेलिसकेका आयुष घलानसमेत छन् । यस्तै, डेनमार्कबाट नेपाल खेल्न आइपुगेका सुगम सुवालले समेत स्थान बनाएका छन् । मुख्य प्रशिक्षक केसीले केही दिनमै कप्तानको समेत घोषणा हुने जानकारी गराए । ‘अहिले हामीले कप्तान घोषणा गरेका छैनौं । केही दिनपछि तय गर्नेछौं,’ न्युज कारखानासँग केसीले भने।

साफमा नेपालसहित आयोजक भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता छ। नेपालले पहिलो खेलमा माल्दिभ्सको सामना गर्नेछ । प्रतियोगिताको शीर्ष दुई टिमले सिधै उपाधिका  लागि प्रसिस्पर्धा गर्नेछन् ।

नेपाली टोली :
गोलकिपर : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख

डिफेन्डर  : अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा

मिडफिल्डर : दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान

फरवार्ड  : दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);