साफ यू–१८ का लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

साफ यू–१८ का लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा

anfa u-18 team

काठमाडौं, ३१ भदौ ।  नेपालमा हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले दोस्रो चरणमा रहेका २५ खेलाडीबाट मंगलबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीमा ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी लगायत खेलाडीहरु रहेका छन् ।

आगामी असोज ३ गतेबाट १२ गतेसम्म हुने साफ यू–१८ फुटबल अन्तर्गत नेपाल सहित समुह एमा माल्दिभ्स र भुटान छन् । नेपाल यसअघिका दुवै संस्करणको विजेता हो । यो प्रतियोगितामा नेपालले पहिलो खेल माल्दिभ्ससंग खेल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);