एन्फाले सुरु गर्यो यू २३ को लागी खेलाडी छनोट पकृया | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एन्फाले सुरु गर्यो यू २३ को लागी खेलाडी छनोट पकृया

काठमाडौं ।  अखिल नेपाल फुटलब संघ (एन्फा)ले राष्ट्रिय यू-२३ टोलीको प्रारम्भिक छनोटमा १० खेलाडीलाई बाहिर राखेको छ । एन्फाले शुक्रबार विभागीय नेपाल पुलिस क्लबविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै पहिलो चरणमा १० खेलाडीलाई बाहिर राख्दै सुरुवाती छनोट गरेको हो । 

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले दोस्रो चरणमा ३२ खेलाडी छनोट गरेका छन् । उनले अन्तिम छनोटमा २३ खेलाडी सार्वजनिक गर्नेछन् । प्रशिक्षक बाल गोपालले उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका रेजिन सुब्बा, प्रिजेन तामाङ, दीपेश आले मगर, दीनेश हेम्जन, धीरज श्रेष्ठ, जया गुरुङलगायत खेलाडीलाई बाहिर राखेका छन् । 

हाल नेपालले एएफसी यू-२३ एसियन कप छनोटको लागि तयारी गरिरहेको छ । समूह ‘बी’ मा रहेको नेपालले बलिया इरान, लेभलान र ताजकिस्तानको सामना गर्नेछ ।नेपालले पहिलो खेलमा २५ अक्टोबर इरान, यस्तै आयोजक ताजकिस्तानसँग २८ अक्टोबर तथा ३१ अक्टोबरमा लेभलानलाई चुनौती दिनेछ । 

प्रशिक्षक बाल गोपाल महर्जनले छनोट गरेको ३२ खेलाडीमा हाल साफ च्याम्पियनसिप खेलिरहेको टोलीबाट ७ खेलाडी रहेका छन् । यस्तै राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका १२ खेलाडी टोलीमा समावेश छन् । 

प्रशिक्षक बाल गोपालले बाहिर राखेका १० खेलाडी  :
गोलरक्षक –सूर्य अघिकारी
मिडफिल्डर – जया गुरुङ, दीपेश आले मगर, लखन लिम्बु, कुशल फुयाँल, सन्जिव विष्ट
स्ट्राइकर – प्रिजेन तामाङ, दीनेश हेम्जन, रेजिन सुब्बा, धीरज श्रेष्ठ,


नेपाली ३२ टोली 
गोलरक्षक– अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल, रोहित कार्की
डिफेण्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, अशिम भुसाल, रन्दीप पौडेल, विश्वास उदास, विशाल बस्नेत, रोमन लिम्बु, आदिल हमिद, 
मिडफिल्डर – अशोक थापा, अनिल महर्जन, अभिषेक लिम्बु,  शिब गुरुङ, नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, दिनेश गुरुङ, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक बिष्ट

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);