यू-१९ च्याम्पियनसिप फुटवलका लागि नेपाली टोली तयारीमा व्यस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

यू-१९ च्याम्पियनसिप फुटवलका लागि नेपाली टोली तयारीमा व्यस्त

काठमाडौं, ९ कात्तिक । एएफसी यू–१९ च्याम्पियनसिप फुटवल खेल छनोटका लागि नेपाली टिम तयारीमा ब्यस्त रहेको छ । तिहारका बेला पनि तयारीमा रहेको यू–१९ टिमबाट दोस्रो चरणमा २७ खेलाडी छनोट भएका छन् । टिममा यसपटक साफ यू–१८ खेलेका धेरै खेलाडी दोस्रो चरणमा परेका छैनन् ।

करिव २० दिनको प्रशिक्षणपछि प्रतियोगिताका लागि जाने नेपाली यू–१९ टिमको दोस्रो चरणमा विकाश खवास, योगेश गुरुङ, असिम गुरुङ, दिनेश हेन्जन, निराजन महर्जन, अनिल महर्जन, राजीव लोप्चन, रेजिन सुब्बा र दिनेश आलेमगर पहिलो पटक टिममा परेका छन् ।

साफ खेलेको टिमबाट सचु गुरुङ, एन्जल महर्जन, रोशन रानामगरले दोस्रो चरणमा स्थान बनाउन सकेनन् । एन्फाले प्रारम्भिक रुपमा ४८ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो ।

नेपालले अर्को महिना ईरानमा एएफसी च्याम्पिनसिपको छनोट खेल खेल्दैछ । च्याम्पियनसिपको छनोटमा नेपाल समुह डी मा रहेको छ । नेपाल रहेको समुहमा बलियो टिम इरान, यूएई र किर्गिस्तान रहेका छन । जसमा नेपालले पहिलो खेल नोभेम्बर ६ तारिखमा यूएई विरुद्ध खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);