एएफसी यू–१६ छनोट : आज नेपाल र जोर्डन भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एएफसी यू–१६ छनोट : आज नेपाल र जोर्डन भिड्ने

nepal u-16 football team

काठमाडौं, २८ भदौ । एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि जोर्डन पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्दैछ । नेपालले शनिबार बलियो टिम तथा घरेलु टोली जोर्डनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपाल र जोर्डनबीचको खेल अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्रा्ष्ट्रिय रंगशालामा हुनेछ । सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ ।

नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलंका रहेका छन् । नेपालले जोर्डनपछि दोस्रो खेल भदौ ३० गते कुवेतसँग खेल्नेछ ।

तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानको सामना गर्दा नेपालले अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);