एएफसी यु-१६ महिला च्याम्पियनसिप छनोट : आज नेपाल र फिलिपिन्स भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

एएफसी यु-१६ महिला च्याम्पियनसिप छनोट : आज नेपाल र फिलिपिन्स भिड्दै

काठमाडौं, ३ असोज । एएफसी यू १६ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र फिलिपिन्स भिड्दैछन् । अर्को बर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणको छनोट अन्तर्गत समूह इ का खेलमा नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाली टोलीकी मुख्य प्रशिक्षक गङ्गा गुरुङले उक्त प्रतियोगिताको तयारी राम्रो रहेको भन्दै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताएकी छिन् । उनले अघिल्लो चरण प्रवेशको लागि पनि फिलिपिन्सविरुद्धको खेल महत्वपूर्ण हुने भन्दै नतिजा आफनो पक्षमा पार्न सक्दो प्रयास गर्ने बताएकी छिन् ।

नेपाली टोलीकी कप्तान प्रिती राईले आफूहरु मानसिकरुपमा तयार रहेको बताईन् । उता फिलिपिन्सका प्रशिक्षक मारिऐ बेनिटेजले आफ्नो टोलीको तयारी राम्रो रहेको भन्दै प्रतियोगितामा राम्रो नतिजा निकाल्ने आशा ब्यक्त गरेका छन् ।

पहिलो चरणमा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसमा घरेलु टोली नेपालसहित फिलिपिन्स, म्यानमार र मलेसिया छन् । प्रतियोगिता हल्चोकस्थित सशस्त्र प्रहरी दलको मैदानमा हुनेछ ।

नेपालले दोस्रो खेलमा म्यानमासँग शुक्रबार खेल्नेछ । छनोटको अन्तिम खेल नेपालले मलेसियासँग आगामी आइतबार खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);