एएफसी यु-१६ : नेपाल फिलिपिन्ससँग ४-० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एएफसी यु-१६ : नेपाल फिलिपिन्ससँग ४-० गोल अन्तरले पराजित

काठमाडौं, ३ असोज । एसियन फुटबल काउन्सिल (एएफसी) यु–१६ महिला च्याम्पियनसिप छनोटको आफ्नो पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । बुधबार सशस्त्र प्रहरीको हलचोक मैदानमा भएको खेलमा महिला च्याम्पियनसिप छनोटको समूह ‘ई’ मा रहेको आयोजक नेपाल फिलिपिन्ससँग ४–० गोल अन्तरले पराजित भएको हो ।

हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा नेपाललाई फिलिपिन्सले सुरुवातमै दबाबमा राखेको थियो । खेलमा नेपालले कुनै पनि समय फिलिपिन्सको पोस्टमा आक्रमण गर्न सकेन ।

फिलिपिन्सको जितमा कप्तान मारिया लाजोले दुई तथा मिकाइला भिलासिन र सिमोन्स्ले समान १ गोल गरेकी थिईन् ।

लगातार दवावमा खेलेको नेपालले फिलिपिन्सलाई पहिलो हाफमा २–० ले पछि परेको थियो । फिलिपिन्सको जितका लागि कप्तान मारिया लाजोले लगातार २ गोल गरिन् । उनले खेलको ४२ औं र ४५ औं मिनेटमा गोल गर्दै टिमलाई नेपाल विरुद्ध २ गोलको अग्रता दिलाइन् ।

दाेस्रो हाफमा पनि नेपालले दुई गोल खान पुग्यो । ७५औं मिनेटमा सिमोनसले गोल गर्दै खेललाई ३–० मा पु-याएको थियो । खेलको ८२ औं मिनेटमा मिकेला भ्यालेन्सिन लिले उत्कृष्ट गोल गर्दै फिलिपिन्सका लागि निर्णायक गोल गरेपछि नेपाल खेलमा ४–० ले पराजित हुन पुग्यो ।

बुधबारै भएको पहिलो खेलमा म्यानमारले मलेसियामाथि ३–० को सहज जित निकाल्यो । तीनै गोल दोस्रो हाफमा भएको थियो । म्यानमारकी म्याट नोइ खिनले ह्याट्रिक पूरा गरिन् । नेपालले शुक्रबार म्यानमारसँग खेल्नेछ ।

सोही दिन फिलिपिन्स र मलेसियाले खेल्नेछ । छनोटको अन्तिम खेलमा नेपालले मलेसियासंग सेप्टेम्बर २३ मा खेल्नेछ । सोही दिन फिलिपिन्स र म्यानमाबीच खेल हुनेछ ।

समूह ‘इ’ को छनोटमा आयोजक नेपालसहित मलेसिया, म्यानमार र फिलिपिन्स रहेको छ । हरेक समूहका शीर्ष दुई टोलीले सन् २०१९ मा थाइल्यान्डमा आयोजना हुने एएफसी यु–१६ प्रतियोगितामा स्थान बनाउनेछ । उत्तर कोरिया, दक्षिण कोरिया र जापानले स्थान बनाइसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);