म्यानमारसँग नेपालको लज्जास्पद हार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

म्यानमारसँग नेपालको लज्जास्पद हार

काठमाडौं, ५ असोज । थाइल्याण्डमा हुने एएफसी यू १६ महिला च्याम्पियनसिपमा छनोट हुने नेपालको सम्भावना सकिएको छ ।

पहिलो खेलमा फिलिपिन्सँग चार शुन्यले पराजित भएको नेपाल शुक्रबार म्यानमारसँग ११ १ को विशाल गोल अन्तरले पराजित भएपछि छनोटको सम्भावना सकिएको हो ।

शुक्रबार हलचोक मैदानमा भएको खेलमा म्यानमारले पहिलो हाफमा १० गोल गरेको थियो भने खेलको ६३औँ मिनेटमा थप एक गोल गरेको थियो ।

नेपालले ७४औं मिनेटमा सान्तोना गोल फर्काएको थियो । नेपालका लागि एक मात्र गोल सावित्री ठोकरले गरेकी हुन् ।

म्यानमारका लागि स्वीओर माङले पहिलो हाफको ३८ मिनेट भित्र एक्लै ५ गोल गरेकी थिइन् । त्यस्तै मायाट खिनले ह्याट्रिक गरिन् भने जिन मारले १, फु रेनले १, र पोन्ट पोन्टले ६३ औं मिनेटमा थप एक गोल गरिन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);