सान्त्वना जीत : नेपालद्वारा इन्डोनेसिया २-१ गोलले पराजित | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

सान्त्वना जीत : नेपालद्वारा इन्डोनेसिया २-१ गोलले पराजित

काठमाडौं, २६ चैत । ओलम्पिक खेलकुदको महिला फुटबल अन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले इन्डोनेसियालाई २–१ गोल अन्तरले पराजित गरेको छ । म्यानमारको बहतु रंगशालामा मंगलवार भएको खेलमा नेपालले इण्डोनेसियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको हो । नेपालको जितका सावित्रा भण्डारीले दुई गोल गरिन् । उनले खेलको ३६ औं र ८९ औं मिनेटमा गोल गरिन् ।

यता इन्डोनेसियाले ४७ औं मिनेटमा एक गोल गरेको थियो । जितसँगै नेपालले प्रतियोगितामा सुखद अन्त्य गरेको छ । छनोटको अन्तिम खेलमा इन्डोनेसियालाई पराजित गरेपनि नेपाल तेस्रो चरणमा पुग्न सकेन । नेपाल पहिलो खेलमा म्यानमारसँग तीन एक र भारतसँग पनि तीन एक गोल अन्तरले पराजित भएको थियो ।

ताजा समाचार

test123123

८ घन्टा अघि

test123123

८ घन्टा अघि

On-line Slots Free Spins No Deposit Required

१३ घन्टा अघि