अष्ट्रेलियासँग नेपालको ३–०को हार | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

अष्ट्रेलियासँग नेपालको ३–०को हार

एजेन्सी । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल पराजित भएको छ । कुवेतमा शुक्रबार राति १० खेलाडीमा समेटिएको नेपाल एशियाली फुटबलको शक्तिशाली अष्ट्रेलियासँग ३–० गोल अन्तरले पराजित भएको हो ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अष्ट्रेलियालाई जित दिलाउन म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बोयलले एक एक गोल गरे ।

खेलको ४५ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । नेपालका डिफेन्डर रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

योसंगै अष्ट्रेलियाले नेपालविरुद्ध लगातार दोस्रो जित निकालेको छ । यसअघि घरेलु मैदानमा भएको पहिलो लेगमा अष्ट्रेलियाले नेपाललाई ५–० ले हराएको थियो । जितपछि अष्ट्रेलियाले विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा स्थान बनाएको छ ।

शीर्ष स्थानको अष्ट्रेलियाले ७ खेलमा २१ अंक जोडेको छ । नेपालले ८ खेलमा ६ अंक जोडेको छ । नेपालले चौंथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);