टर्कीलाई ३–० ले हराउँदै युरोकपमा इटालीको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

टर्कीलाई ३–० ले हराउँदै युरोकपमा इटालीको विजयी सुरुवात

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा इटालीले विजयी सुरुवात गरेको छ ।

इटालीको रोममा शुक्रबार राति भएको उद्घाटन खेलमा टर्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै इटालीले सुखद सुरुवात गरेको हो । रोमस्थित ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एक एक गोल गरे । इटालीले एक गोल आत्मघाती उपहार पाएको हो ।

मध्यान्तरसम्म गोलरहित बराबरीमा रहेको खेलमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोलबाट इटालीले ५३ औं मिनेटमा सुरुवाती अग्रता बनाएको हो । डोमिनिको बेरार्डीको क्रस रोक्ने क्रममा डेमिरलले आफ्नै पोस्टमा गोल गरेका हुन् ।

युरोकपको इतिहासमा आत्मघाती गोल भएको यो पहिलो पटक हो । ६६ औं मिनेटमा इमोबाइलले तथा ७९ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई ३–० गोलको जित दिलाए ।

यस जितसँगै समूह ‘ए’ को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । इटाली तालिकाको शीर्ष स्थानमा रहेको छ ।

युरोकप अन्तर्गत आजराति तीन खेलहरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);