अष्ट्रियालाई हराउँदै इटाली युरोकपको क्वाटरफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अष्ट्रियालाई हराउँदै इटाली युरोकपको क्वाटरफाइनलमा

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा जित निकाल्दै इटाली क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति इंग्ल्यान्डको वेम्बली स्टेडियममा भएको दोस्रो प्रि–क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो ।

इटालीलाई जित दिलाउन परिवर्तित खेलाडीद्वय फेडरिको चिसा र माटियो पेसिनाले एक एक गोल गरे । अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इटालीले दुई गोल ग¥यो ।

अष्ट्रियाले एक गोल फर्कायो । खेलको ९५ औं मिनेटमा चिसाले गोल गर्दै इटालीलाई १–० गोलको सुरुवाती अग्रता दिलाए । उनले लियोनार्दोको पासमा गोल गरे । उनी खेलको ८४ औं मिनेटमा डोमिनिको बेरार्डीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

खेलको १ सय ५ औं मिनेटमा पेसिनाले गोल गर्दै इटालीलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ११४ औं मिनेटमा अष्ट्रियाका सासाले एक गोल फर्काएपनि इटाली २–१ ले विजयी भयो ।

जितसँगै इटाली क्वाटरफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । अष्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);