वेल्सलाई हराउँदै डेनमार्क युरोकपको अन्तिम आठमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

वेल्सलाई हराउँदै डेनमार्क युरोकपको अन्तिम आठमा प्रवेश

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा डेनमार्कले क्वाटरफाइनलमा आफ्नो स्थान बनाएको छ ।

शनिबार राति भएको खेलमा डेनमार्कले वेल्सविरुद्ध जित निकाल्दै अन्तिम आठमा आफ्नो स्थान बनाएको हो ।

प्रि–क्वाटरफाइनलमा १० खेलाडीमा सीमित वेल्सलाई ४–० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको हो ।

नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा डेनमार्कलाई जित दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक एक गोल गरे ।

अब डेनमार्कले क्वाटरफाइनलमा प्रवेशका लागि नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);