युरोकपमा आज डेनमार्क र चेक रिपब्लिक, इंङ्ल्याण्ड र युक्रेन भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

युरोकपमा आज डेनमार्क र चेक रिपब्लिक, इंङ्ल्याण्ड र युक्रेन भिड्दै

एजेन्सी । युरोकप फुटबलको दोस्रो क्वार्टरफाइनलमा आज चेक रिपब्लिक र डेनमार्क तथा इङ्ग्ल्याण्ड र युक्रेन खेल्दैछन् ।

डेनमार्क र चेकको खेल राति पौने १० बजे अजरबैजानको बाकु ओलम्पिक मैदानमा सुरु हुनेछ । चेक रिपब्लिकले नेदरल्याण्ड्सलाई २–० गोलले हराएर अन्तिम आठमा पक्का गरेको हो । डेनमार्कले वेल्सलाई ४–० ले हराएर युक्रेनसँगको भेट पक्का गरेको हो ।

यस्तै राति पौने १ बजे हुने खेलमा इङ्ग्ल्याण्ड र युक्रेनले खेल्दैछन् । खेल इटलीको रोममा रहेको ओलम्पिको स्टेडियममा हुनेछ । प्री–क्वार्टरफाइनलमा युक्रेनले स्विडेनलाई २–१ गोलले हराएको थियो भने इङ्ग्ल्याण्डले जर्मनीलाई २–० ले पराजित गरेको थियो ।

युरोकपमा गएराति बेल्जियमलाई हराउँदै इटाली र स्विट्जरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश गरेका छन् । इटालीले बेल्जियमलाई २–१ गोलले र स्पेनले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले हराएका हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);