चेक रिपब्लिकलाई हराउँदै डेनमार्क युरोकपको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चेक रिपब्लिकलाई हराउँदै डेनमार्क युरोकपको सेमिफाइनलमा

एजेन्सी । चेक रिपब्लिकलाई हराउँदै डेनमार्कले युरोकपको सेमिफाइनलमा आफ्नो स्थान बनाएको छ ।

गएराति भएको खेलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको हो ।

डेनमार्कका थोमस डिलेनीले खेलको पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । एक गोलले अग्रता लिएपछि लगातार आक्रमक बनेको डेनमार्कले ४२ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो ।

४९ औं मिनेटमा प्याट्रिक शिकले गोल गर्दै चेक रिपब्लिकलाई खेलमा फर्काउने प्रयास गरेका थिए तर त्यसपछि थप गोल हुन सकेन र डेनमार्क सेमिफाइनलमा प्रवेश गर्न सफल रह्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);