अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न खेलमा इक्वेडरलाई ३–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनालाई जित दिलाउन रोड्रिगो डी पल, लौराटो मार्टिनेज र लियोनल मेस्सीले समान एक एक गोल गरे ।

मेस्सीको पासमा ४० औं मिनेटमा पलको गोलबाट अर्जेन्टिनाले अग्रता बनाएको थियो । मार्टिनेजले ८४ औं मिनेटमा मेस्सीको पासलाई सदुपयोग गर्दै अर्जेन्टिनालाई जिततर्फ डोर्याएका थिए । खेलको ईन्जुरी समयमा उत्कृष्ट फ्रिकिकमार्फत मेस्सीले अर्जेन्टिनालाई ३–० को जित दिलाए । अर्जेन्टिनाले फाईनल प्रवेशका लागि कोलम्बियासंग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);