कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको दोस्रो जित

एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले दोस्रो जित निकालेको छ ।

आज बिहान सम्पन्न खेलमा पाराग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले दोस्रो जित निकालेको हो । अर्जेन्टिनालाई जित दिलाउन एलेजेन्ड्रो गोमेजले खेलको दशौँ मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै समूह ’ए’ को अर्जेन्टिना ३ खेलमा ७ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ भने पराजित पाराग्वेले २ खेलमा ३ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ । यसै समूह अन्तरर्गत भएको अर्को खेलमा चिली र उरुग्वेले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

खेलको २६ औं मिनेटमा एडुवार्डो भर्गासले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ६६ औं मिनेटमा चिलीकै अर्टुरो भिडालले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा सकिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);