१६ औ संस्करणको युरोकप फुटबलमा ईटालीको जित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

१६ औ संस्करणको युरोकप फुटबलमा ईटालीको जित

एजेन्सी । इटाली समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

रोमको ओलम्पिक स्टेडियममा आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोल अन्तरले पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

१० खेलाडीमा समेटिएको वेल्सविरुद्ध इटालीलाई जित दिलाउन माटियो पेसीनाले निर्णायक गोल गरे । खेलको ३९ औं मिनेटमा माटियोले निर्णायक गोल गरेका हुन् । खेलको ५३ औं मिनेटमा फेड्रिको बेर्नार्डेस्चीको फ्रिकिक पोस्टमा लागेर फर्किदा इटाली अग्रता दोब्बर बनाउन चुकेको थियो ।

यस्तै खेलको ५६ औं मिनेटमा इथान एम्पडुले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । जितसँगै समूह ’ए’ को इटालीले समूह चरणमा शतप्रतिशत जित निकालेको छ । इटालीले ३ खेलमा ९ अंक जोड्दै समूहको विजेता बन्दै अन्तिम १६ मा पुगेको हो । इटालीसँग पराजित भएपनि वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह चरणमा पहिलो हार व्यहोरेको वेल्सले ३ खेलमा ४ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ । यस्तै आईतबार राति नै भएको अर्काे खेलमा टर्कीलाई ३–१ गोल अन्तरले परजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित निकालेको छ । खेलको छैटौं मिनेटमा हरिसले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२६ औं मिनेटमा शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई २–० गोलको अग्रता दिलाएका थिए भने त्यसपछि खेलको ६८ औं मिनेटमा जुबेरको पासमा शाकिरीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जरल्यान्डलाई ३–१ को जित दिलाए ।

समूह चरणको अन्तिम खेलमा जित निकालेपनि स्विट्जरल्यान्ड सिधै नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ । तर, स्विट्जरल्यान्डको समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिम बन्दै अन्तिम १६ मा स्थान बनाउने सम्भावना रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);