महिला भलिबल टिमको प्रशिक्षणमा पुलिस क्लबले आफ्ना तीन खेलाडीलाई पठाएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

महिला भलिबल टिमको प्रशिक्षणमा पुलिस क्लबले आफ्ना तीन खेलाडीलाई पठाएन

काठमाडाैं । राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षणमा विभागीय टिम पुलिस क्लबले आफ्ना तीन खेलाडीलाई पठाउन नसकिने बताएको छ । नेपाल एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीमा छ ।

पुलिस क्लबले राष्ट्रिय टिमकी खेलाडी पुनम चन्दसहित कामना विष्ट र शान्तिकला तामाङलाई बन्द प्रशिक्षणमा पठाउन नसकिने बताएको हो । तीन जना खेलाडी जवान आधारभूत तालिममा रहेको उल्लेख गर्दै पुलिसले तालिम अन्तिम चरणमा रहेकाले प्रशिक्षणमा पठाउन नसकिने बताएको हो ।

नेपालले पहिलो पटक एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्ने तयारी गरेको छ । प्रतियोगिताका लागि नेपालले गत मंगलबारबाट बन्द प्रशिक्षण समेत सुरु गरेको छ । नेपाल भलिबल संघले प्रारम्भिक टोलीमा परेका खेलाडीलाई आवसीय सुविधासहित बन्द प्रशिक्षणमा सहभागी गराएको छ ।

गत वर्ष चैतमा सम्पन्न एनभीए क्लब लिग च्याम्पियनसिपमा उत्कृष्ट प्रर्दशन गरेका आधारमा भलिबल संघले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । तर पुलिसले आधारभूत तालिमको कारण देखाउँदै राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी हुन खेलाडीलाई रोकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);