भलिवल टिमलाई प्रशिक्षण दिन नेदरल्याण्डका प्रशिक्षक नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०७९, शुक्रबार

भलिवल टिमलाई प्रशिक्षण दिन नेदरल्याण्डका प्रशिक्षक नेपाल आउँदै

netherlands volleyball coach Hans Abbing

हानले नेपाली खेलाडीलाई ३ महिना प्रशिक्षण दिने

एजेन्सी, २८ जेठ । नेपाली राष्ट्रिय पुरुष भलिबल टिमलाई प्रशिक्षण दिन नेदरल्याण्ड्सका प्रशिक्षक हान एबिङ नेपाल आउने भएका छन् । नेपालमा आयोजना हुन लागेको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि डच प्रशिक्षक एबिङ नेपाल आउने भएका हुन् ।

उनी आगामी असार ४ गते नेपाल आइपुग्ने र तीन महिना नेपालमा रहेर प्रशिक्षण दिने नेपाल भलिबल संघले जनाएको छ । आगामी साउन ३२ देखि नेपालमा पहिलो पटक सेन्ट्रल जोन भलिबल आयोजना हँदैछ।

दुई दशक भन्दा बढी समय प्रशिक्षणको अनुभव बटुलेका हान नेपाल भलिबल संघको पहलमा प्रशिक्षकका रुपमा आउन लागेका हुन्। उनले सन् १९९७ देखि २००४ सम्म सात वर्ष डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए।

यस्तै २००४ देखि २००८ सम्म जर्मनीको महिला टिमको प्रशिक्षकको रुपमा पनि काम गरेका थिए। नेपाली भलिबल खेलाडीको प्रशिक्षण मंगलवारबाट शूरु भएको छ आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको आधारमा छनौट भएका २५ खेलाडीले प्रशिक्षणमा भाग लिएका छन ।

एसियन भलिबल संघको संयोजनमा आयोजना हुने सेन्ट्रल जोनमा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।