नेपालको महिला भलिबल टोलीले एसियन महिला भलिबल खेल्ने पक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नेपालको महिला भलिबल टोलीले एसियन महिला भलिबल खेल्ने पक्का

काठमाडाैं, २० माघ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले २१ औं एशियन च्याम्प्यिनसिपन खेल्ने पक्का भएको छ । चिनको गोन्जाओमा आगमी अगस्ट २९ देखि सेप्टेम्बर ५ तारिखसम्म आयोजना हुने प्रतियोगितामा सेन्ट्रल जोनबाट नेपाल, उज्वेकिस्तान र श्रीलंकाले मौका पाएका हुन् ।

एशियन भलिबल महासंघ एभीसीको बैठकले सेन्ट्रल रिजनका तीन वटै टिमलाई सहभागिता गराउने निर्णय गरेको हो । वेस्टर्न र इस्टर्न जोनबाट दुई टिमले सहभागिता नजाउने भएपछि प्रतियोगिताका नेपाल छनोट भएको हो ।

वेस्टर्न र इस्टर्न जोनबाट सहभागिता जनाएको भए नेपाल, श्रीलंका र उज्वेकिस्तानकाबीचमा छनोट खेल खेल्नु पर्ने थियो । प्रतियोगितामा आयोजका चीन सहित १६ टोली सहभागी हुनेछन् ।

सेन्ट्रल जोनबाट नियमित प्रतियोगिता खेलिरहेका ईरान, ताजकिस्तान र भारत वरियताका आधारमा सिधै छनोट भएका छन् । कोरोनाको अवस्था हेरेर एभीसीले प्रतियोगिता हुनु दुई महिना अघि खेल हुने/नहुने विषयमा पक्का गर्ने बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);