एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल सहभागी नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल सहभागी नहुने

SAG mahila volleyball

एजेन्सी । फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले खेल्न नपाउने भएको छ । एसियन भलिबल महासंघ एभीसीले नेपाललाई प्रतियोगिताबाट बाहिर राख्दै खेल तालिका सार्वजनिक गरेको छ ।

एभीसीले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगितामा आठ टोलीले मात्र प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिपमा अब आयोजक फिलिपिन्स, थाइल्याण्ड, कोरिया, काजकिस्तान, ताईवान, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले सहभागिता जनाउनेछन् ।

कोरोना भाईरसको कारण नेपाललाई प्रतियोगितामा समावेश नगरिएको अनुमान गरिएको छ । नेपाल र भारतलाई ’रेड जोन’ मा राखिएको थियो । भारतले पनि प्रतियोगिता खेल्ने छैन् । प्रतियोगिताको लागि नेपालले असार १ गतेबाट तयारी गरिरहेको थियो ।

बन्द प्रशिक्षणमा १८ खेलाडी रहेका थिए । एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म फिलिपिन्समा हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);