नेपालमा भदौ २ गते देखि एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपालमा भदौ २ गते देखि एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता

काठमाडौं, ३१ साउन । आसन्न एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउने देशका खेलाडीको टोली नेपाल आउने क्रम जारी छ ।

यसैक्रममा शुक्रवार माल्दिभ्स र बंगलादेशको टोली नेपाल आइपुगेको छ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको एभिसी सेन्ट्रल जोनमा सहभागीता जनाउन माल्दिभ्स र बंगलादेशी टिम शुक्रवार नेपाल आइपुगेको हो ।

दुवै टिमलाई नेपाल भलिबल संघका पदाधिकारी तथा सदस्यहरुले त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा स्वागत गरेका थिए । सात राष्ट्रले खेल्ने प्रतियोगितामा अफगानिस्तान टिम यस अघि नै नेपाल आईसकेको छ भने उसले नेपालसंग दुईवटा मैत्रीपूर्ण खेल खेलिसकेको छ ।

दुबै खेलमा नेपाली टिम बिजयी बनेको थियो । भदौ २ देखि ७ गतेसम्म संचालन हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तान गरि ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । अन्य टोली आइतवारसम्म नेपाल आइपुग्ने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);