ला लिगाको पहिलो खेलमा बार्सिलोना र बिल्बाओ भिड्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८३, बिहीबार

ला लिगाको पहिलो खेलमा बार्सिलोना र बिल्बाओ भिड्ने

barca vs ath. bilbao

एजेन्सी, ३१ साउन । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ । सिजनको पहिलो खेलमा साविकको बिजेता बार्सिलोना र एथ्लेटिको बिल्बाओले प्रतिस्पर्धा गर्दैछन् ।

बार्सिलोना र बिल्बाओबीचको खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । खेल बिल्बाओको घरेलु मैदानमा हुनेछ । घरेलु टिमविरुद्ध बार्सिलोना जित निकाल्ने पक्षमा छ भने बिल्वाओ पनि बार्सिलोनालाई हराएर नतिजा आफनो पक्षमा पार्ने दाउमा रहेको छ ।

ला लिगा इतिहासमा अहिलेसम्म यी दुबै टीम रेलिगेशनमा परेका छैनन् । बिल्बाओले यो सिजनका लागि एक जना पनि नयाँ खेलाडी किनेको छैन । उसले आफ्नै एकेडेमीबाट खेलाडीलाई पहिलो टिममा बढुवा गराएको छ ।

यता बार्सिलोनाले भने विश्व फुटबलका उत्कृष्ट खेलाडीलाई अनुबन्ध गरेको छ । उसले एन्ट्वान ग्रिजम्यान, फ्रेंकी डि जोङ, जुनियर फिर्पो जस्ता खेलाडी अनुबन्ध गरिसकेको छ ।