स्पेनिस ला लिगा : बार्सिलोना ग्रानाडासँग पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्पेनिस ला लिगा : बार्सिलोना ग्रानाडासँग पराजित

BARSILONA

एजेन्सी, ५ असोज । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना ग्रानडासंग बार्सिलोना २–० गोल अन्तरले पराजित भएको छ । शनिबार राति ग्राडानाको मैदानमा भएको खेलमा स्टार खेलाडी लियोनल मेस्सी र अंसु फाटीलाई सुरुवाती ११ मा नराखेको बार्सिलोना विरुद्ध घरेलु टिम ग्रानाडाले दोस्रो मिनेटमा गोल गर्न सफल भयो ।

उसका लागि अजिजले गोल गरे । सुरुवातमा नै गोल खाएको बार्सिलोनाले त्यसपछि तीन वटा उत्कृष्ट मौका पाएपनि गोल फर्काउन सकेन र पहिलो हाफमा एक गोलले पछि पर्यो । दोस्रो हाफमा मेस्सी र फाटीलाई मैदानमा उतारेपनि गोल भने ग्रानाडाले नै गर्यो ।

बार्सिलोनाका अर्टुरो भिडालले डिबक्समा हातले बल छोएपछि पाएको पेनाल्टीलाई अल्भारो भाडिलोले गोल गर्दै टिमलाई दुई शुन्यको अग्रता दिलाए । यसअघि भएको खेलमा एट्लेटिको मड्रिडले पेनाल्टीको सदुपयोग गर्न नसक्दा सेल्टा भिगोसँग गोलरहित बराबरी खेलेको थियो । बार्सिलोनालाई स्तब्ध बनाएको ग्रानाडा सबैलाई चकित पार्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ भने बार्सिलोना पछिल्लो २५ बर्ष यताकै खराब सुरुवात गर्दै तालिकाको सातौ स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);