एएफसी यू–१६ च्याम्पियनसिप फुटबल छनोटको अन्तिम खेलमा नेपाल र श्रीलंका भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एएफसी यू–१६ च्याम्पियनसिप फुटबल छनोटको अन्तिम खेलमा नेपाल र श्रीलंका भिड्दै

AAFC

काठमाडौं, ५ असोज । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको चौंथो तथा अन्तिम खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । अघिल्ला ३ खेलमा १ अंक जोडेको नेपालले चौंथो खेलमा श्रीलंकासँग खेल्न लागेको हो ।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तराष्ट्रिय रंगशालामा नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ । श्रीलंकाविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । छनोटको समूह ’ए’ मा रहेको नेपाल पहिलो खेलमा जोर्डनसँग ७–०, दोस्रो खेलमा कुवेतसँग १–१ गोलको बराबरी र तेस्रो खेलमा ताजिकिस्तानसँग ८–० ले पराजित भएको थियो । नेपाल आजको खेलमा श्रीलंकालाई हराउदै पहिलो जितको खोजीमा हुनेछ । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);