साफ यू –१८ च्याम्पियनसिप : भुटानसँग नेपाल ३–० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साफ यू –१८ च्याम्पियनसिप : भुटानसँग नेपाल ३–० ले पराजित

nepal vs bhutan

काठमाडौं, ५ असोज । तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले भुटानसंग लज्जास्पद हार व्यहोरेको छ । आइतबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा २ पटकको विजेता नेपाल भुटानसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो । हारसँगै समूह ’ए’ मा रहेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।

अब नेपालको सेमिफाइनल यात्रा भुटान र माल्दिभ्स बीचको खेलले तय गर्नेछ । उक्त खेलमा भुटानले माल्दिभ्सलाई ३ गोल भन्दाबढीको अन्तरले पराजित गरे नेपाल सेमिफाइनल पुग्ने छ ।

त्यो खेल बराबरी भए वा भुटान पराजित भए नेपाल समूह चरणबाट बाहिरिने छ । नेपालले पहिलो खेलमा गत शुक्रवार माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);