एएफसी यु २० फुटबलमा नेपाल भुटानसँग पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एएफसी यु २० फुटबलमा नेपाल भुटानसँग पराजित

काठमाडौं । एएफसी यु  २० एसियन कपको छनोटअन्तर्गत पहिलो खेलमा नेपाल भुटानसँग २,० ले पराजित भएको छ । बहाराइनमा शनिबारदेखि सुरु भएको समूह बीको छनोटमा नेपालले अप्रत्यासित हार बेहोर्यो ।

शनिबार राति भएको खेलको ३३ औं मिनेटमा सोनामले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए ।पहिलो हाफमा १(० ले पछि परेको नेपालले दोस्रो हाफको सुरुआतमै दोस्रो गोल खायो । ४७ औं मिनेटमा कर्मा टासीले गोल गर्दै भुटानको अग्रता दोब्बर पारेका थिए । त्यसपछि निरन्तर खेलमा फर्किने प्रयास गरे पनि नेपाल सफल हुन सकेन ।

विपक्षी खेलाडीमाथि खराब फाउल गरेका कारण इन्जुरी समयमा अविशेक वाइबाले रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेको थियो ।

जितसँगै भुटानले तीन अंक जोडेको छ । हारसँगै छनोटको सुरुआत गरेको नेपालको भने चुनौती थपिएको छ ।

समूह ुबीु मा रहेको नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);