बुधवार नेपाल र मालदिभ्स पहिलो सेमिफाइनल खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बुधवार नेपाल र मालदिभ्स पहिलो सेमिफाइनल खेल हुँदै

काठमाडौं, २६ भदौ । साफ सुजुकी कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनलमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

बंगलादेशको बंगबन्धु राष्ट्रिय रंगशालामा अपरान्ह पौने चार हुने खेल जित्न सके नेपाल प्रतियोगिताको पहिलो पटक फाइनलमा पुग्नेछ । नेपाल समूह ’ए’ को विजेताको रुपमा अन्तिम चारमा पुगेको हो ।

समूहको पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भए पनि नेपालले त्यसपछि लगातार २ खेलमा जित निकाल्दै अघिल्लो चरणका लागि स्थान बनाएको हो । दोस्रो खेलमा भुटानलाई ४–० ले हराएको नेपालले अन्तिम खेलमा बंगलादेशलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

माल्दिभ्स भने समूह ’बी’ को उपविजेताको रुपमा अन्तिम चारमा पुगेको हो । जारी प्रतियोगितामा समूह चरणमा २ खेल खेलेको मालदिभ्सले पहिलो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।

दोस्रो खेलमा भारतसँग २–० गोलले पराजित भएपछि माल्दिभ्स् र श्रीलंकाको अंक र गोलअन्तर बराबरी भएको थियो । त्यसपछि टसको सहारा लिँदै माल्दिभ्सले सेमिफाइनलमा नेपालसँग खेल्ने स्थान सुरक्षित गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);