युइएफए नेशन्स लिग : टर्किद्वारा स्विडेन ३-२ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

युइएफए नेशन्स लिग : टर्किद्वारा स्विडेन ३-२ ले पराजित

turkey-sweden

एजेन्सी, २६ भदौ । युइएफए नेशन्स लिगमा गएराती भएको खेलमा टर्किले स्विडेनलाई तीन दुई गोल अन्तरले पराजित गरेको छ । खेलको सुरुवातमा दुई गोलले पछि परेको टर्किले उत्कृष्ट कमब्याक गर्दै जित हासिल गरेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ३४ औं मिनेटमा थेलीनले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको स्विडेनले ४९ औ मिनेटमा क्लासोनको गोल मार्फत अन्तर दुई शुन्यमा पुर्याएको थियो ।

दुई गोलले पछि परेको टर्किले ५१ औं मिनेटमा काल्हानोग्लुको गोल मार्फत अन्तर दुई एकमा झारेको थियो । त्यसपछि खेलको ८८ औं मिनेटमा र इन्जुरी समयको दोस्रो मिनेटमा काबाबाले लगातार दुई गोल गरेपछि टर्किले स्विडेनलाई हराउन सफल भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);