युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि लियोनले उचाल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि लियोनले उचाल्यो

एजेन्सी,१५ भदाै। फ्रेन्च क्लव लियोनले युरोपियन महिला च्याम्पियन्स लिग यूइएफए लिगको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनलमा उल्भ्सबर्गलाई ३–१ गोल अन्तरले हराउँदै लियोनले उपाधी उचालेको हो ।

लियोनको जितमा युजेनी लि सोममेर, साकी कुमागाइ र सारा ब्योर्कले एक एक गोल गरे भने जर्मन क्लबका तर्फबाट एलेक्स पोपले एक गोल फर्काइन् । खेलको सुरुवातबाट नै आक्रामक खेल खेलेको लियोनले २५ औं मिनेटमा अग्रता बनाएको थियो।

पहिलो हाफको अन्तिममा जापानी खेलाडी साकी कुमागाईले थप गोल गरेसँगै लियोनले अन्तर २–० मा पुर्यायो । पहिलो हाफमा दुई गोलले पछि परेको उल्भ्सबर्गले दोस्रो हाफमा केहि सुधारीएको प्रदर्शन गरेको थियो ।

खेलको ५५ औं मिनेटमा उल्फ्सबर्गका लागि एलेक्जेन्डर पपले गोल गर्दै अन्तर कम गरेकी थिइन् । तर खेल सकिन तीन मिनेट बाँकी हुँदा लियोनका लागि सारा ब्योर्कले थप गोल गरेसँगै ३–१ गोलले लियोनले जित सुनिश्चित गर्यो । लियोन सन् २०१६ पछि लगातार यो प्रतियोगिताको उपाधि जित्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);