लियोन फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानमा उक्लियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लियोन फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानमा उक्लियो

एजेन्सी, १७ माघ । लियोन फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानमा उक्लिएको छ ।शुक्रबार राति भएको खेलमा बोर्डेअक्सलाई २–१ गोल अन्तरले हराउँदै लियोन शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा लियोनलाई जित दिलाउन कार्ला टोको इकाम्वी र लियो डुवोइसले एक÷एक गोल गरे ।

बोर्डेअक्सका स्यामुएल कालुले एक गोल फर्काए । खेलको ३२ औं मिनेटमा कार्लाले गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए । खेलको ५५ औं मिनेटमा कालुले गोल गर्दै बोर्डेअक्सलाई खेलमा फर्काए ।

तर, खेलको इन्जुरी समयमा लियोले गोल गर्दै लियोनलाई २(१ को जित दिलाए । जितसंगै लियोनले २२ खेमा ४६ अंक जोडेको छ । लियोन पीएसजीलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । बोर्डेअक्स ३२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);